Friday, September 30, 2011

के तपाईंलाई थाहा छ?

 हामी मध्ये प्राय सबैले फेसबुकमा आफ्नो खाता खोलेका छौँ,फेसबुकमा साथी बनाएको छौँ अनि आफ्नो दैनिकी  आफ्नो साथीसंग साटेका छौँ। कतिको त् आजकाल फेसबुकयौटा अपरिहार्येता  नै बनिसकेको छ। तर के हामीलाई थाहा छ? फेसबुकले हामी माथि २४ घण्टा निगरानी राखीरहेको छ। सोच्नुहोला  फेसबुकमा  हुने क्रियाकलापको मात्र निगरानी राखिन्छ  होला, तर यो सोचलाई गलत साबित गर्दै हिजो यौटा अस्ट्रेलियन ब्लगरले  अफलाइन हुँदा पनि  फेसबुकले हामीमाथी  २४ सै घण्टा निगरानी राखीरहेको तथ्य सार्बजनिक गरेका छन्। अफलाइन हुँदा पनि  इन्टरनेट ब्राउज़ गर्दाको  हरेक जानकारी फेसबुकलाई हुन्छ । 
               फेसबुकबाट लगआउट हुँदा यसले इन्टरनेट ब्राउजरको मार्फत यौटा कुकिज बनाउछ जसले   फेसबुकलाई  हामीले इन्टरनेटमा गरेको क्रियाकलापको निगरानी गर्न लिंकको रुपमा काम गरिरहेको हुन्छ।यस्तो लाग्छ भुलबस  इन्टरनेटको यो  महाकाय सामाजिक नेटवर्किंग साइटले हामीमाथि निगरानी राखीरहेको छ।  आशा गरौँ फेसबुकले  आफ्नो यो भुल  जति सक्दो चांडो सुधार्नेनै छ।तर पनि यदि  यस्तो निगरानीबाट बच्न चाहनुहुन्छ भने हरेक पल्ट फेसबुकबाट लगआउट गरिसके पछि इन्टरनेट ब्राउजरको कुकिज मेटाउन नबिर्सनु होला।

No comments:

Post a Comment