Saturday, October 1, 2011

यौटा सफल इतिहासको अन्त्यको शृंखला।

         
  हामी मध्य प्राय सबैले जीवनमा कहिँ न कहिँ,कुनै न कुनै बेला"पारोथर्मोमीटर" को आत्मासाथ गरेका हुनैपर्छ।अहिले पनि नेपालको चिकित्साशास्त्रमा यसको व्यापक प्रयोग भईनै रहेको छ।हो आज म यहि  अभूतपूर्व  वैज्ञानिक उपकरण "पारोथर्मोमीटर" को बारेमा चर्चा गर्न गईरहेको छु।








      सन् १७२४ मा डानियेल गब्रियेल फरान्हायीट नामक जर्मन इंजीनियरले अविस्कार गरेको यो यन्त्रले धेरै छोटो समयमानै चिकित्शाशास्त्र र जलवायु विज्ञानमा यौटा क्रान्तिनै ल्यायो।चाडैंनै यो उपकरण विकसित मुलुकको हरेक घरमा पुग्न सफल भयो भने,ढिलै भएपनि बिकाससिल मुलुकले पनि यसको उपयोग गर्ने मौकापाए ।चिकित्शाशास्त्रमा शरीरको तापमान मापनमा यो बरदान नै साबित भएको थियो।लामो समयको सफल योगदान पछि अन्तत यसमा प्रयोग हुने पारो धातु मानव जीवनमा मात्र नभई पर्यावरण समेतमा ठुलै हानी पुर्याउने यौटा अकल्पनिय खतरनाक धातु भएको पुस्टि भयो।
      यसको प्रश्वासनले मानिसको मृगौला र मस्तिस्कमा प्रतिकुल असर मात्र नगरी र पानीको प्रदूषणको जटिल कारक भएको वैज्ञानिक पुस्टि भएपछि,विश्व स्वस्थ संगठनले पारो धातुलाई पर्यावरण र मानव  स्वाथको लागि अतिनै विषाक्त तत्वको रुपमा वर्णन गर्दै पारोथर्मोमीटरको विकल्प खोज्न शुरुवात गर्यो।फल स्वरूप जन्म भयो डिजिटलथर्मोमीटर। संगै सुरुवात भयो यौटा सफल इतिहासको अन्त्यको शृंखला।
       आज हरेक बिकसित मुलुक डिजिटलथर्मोमीटरको प्रयोग गरिरहेका छन्।यति मात्र नभई कयौं मुलुकले त् पारोथर्मोमीटरको बेचबिखनमा समेत प्रतिबन्ध लगाई सकेका छन्।हेर्दा हेर्दै यस्तो क्रान्तिकारी उपकरण दिनानुदिन संसारबाट तिब्ररुपमा लोप हुदै गईरहेको छ।मानव स्वाथ र पर्यावरणको रक्षाको लागि यसको विस्थापन अनिवार्य कदम हो । तर आज पनि नेपालमा यसको व्यापक उपयोग हुदै आईरहेको छ।के अब हाम्रो सम्बधित निकाएको ध्यान यसमा जानेबेला भएको छैन?आशा गरौँ  सम्बधित निकाएको ध्यान  चाडैं नै यस्तो गम्भीर विषयमा जानेनै छ।  
  पारो धातुको नकारात्मक असरले गर्दा  यौटा इतिहासको अन्त्य हुन गईरहेको छ।

No comments:

Post a Comment